दुई पेट्रोल पम्प सिल
कपिलवस्तु । कपिलवस्तु नगरपालिका २ पेट्रोल पम्म सिल गरिएको छ । नियम बिपरित काम गरेका भन्दै कपिलवस्तु नगरपालिका– ३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प तथा
वडा नम्बर नं. ५ डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्प सिल गरिएको हो । आयल निगमको केन्द्रिय काार्यलयबा खटिएको अनुगमन टोलीले निरीक्षणकाक्रमम अनियमित काम गरेका भेटे पछि सिलबन्दी गरिएको आयल निगको लुम्बिनी प्रदेशिक कार्यालय भलवारीका सुचना अधिकृत रमेश ज्ञवालीले बताए । चिन्नी लाल कान्दु पेट्रोल पम्पले अिनुमति नलिई पेट्रोल बेचेको पाईएकाले पम्पलाई सिल गरेर बन्द गरिएको हो । आयल निगमको केन्द्रिय कार्यालय र लुम्बिनी प्रादेशिक कार्यालयको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दा ईजाजत नलिई पेट्रोल बेचेर गैरकानुनी काम गरेको पाईएकाले कार्यवाहीकालागि पम्प सिल गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।चिन्नीलाल पम्पलाई कपिलवस्तु नगरपालिका वार्ड नंं ५, डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पले पेट्रोल बेचेकाले आदिशक्ति माता पम्पलाई पनि सिल गरिएकोछ । कान्दु पेट्रोल पम्पलाई ४ हजार ५०९ लिटर पेट्रोल उपलब्ध गराएको अनुगमनका क्रममा देखिएको थियो । इजाजतबिनै पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको देखिएपछि निगमको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली २०७५ को दफा २९ (ग) कार्यवाही गरिने प्रजिअ पौडेलले बताए । चिन्नी लाल पेट्रोल पम्पले २०६९ साल देखि आयल निगमबाट पेट्रोल नकिनेको आयाल निगम श्रोतले बताएको छ । डिजेल बिक्री गनृ भने चिन्नीलाल पेट्रोल पम्पलाइृ दिईएको छ ।

प्रतिकृया दिनुहोस्