प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना संक्रमण

मोरङ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना भाइरसको संक्रमण भएको छ ।
प्रदेश प्रमुखका सचिवालय सदस्य खेमराज अधिकारीकाले प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ७२ वर्षीय प्रमुख अधिकारीसँग उनकी ६४ वर्षीया श्रीमती जानुका अधिकारी र एक जना सुरक्षाकर्मीसमेत संक्रमित भएका छन् । कोरोना पुष्टि भएपछि प्रमुख अधिकारी निवासमै आइसोलेसनमा रहेका छन् ।
पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ भने प्रमुख अधिकारी बिहीबार मात्रै पोखरबाट विराटनगर फर्किएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे यस अघिनै कोरोना संक्रमण मुक्त भई आफ्नो नियमित काममा फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्