‘जूनको आँगनमा’ पुस्तक लोकार्पण

‘जूनको आँगनमा’ पुस्तक लोकार्पण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । विराटनगरमा आयोजित कार्यक्रममा कवि तथा मुक्तकार चूडामणि नेपाल ‘अकिञ्चन’द्वारा लिखित ‘जूनको आँगनमा’नाम मुक्तक संग्रह लोकार्पण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, वडाध्यक्ष उद्धव अर्याललगायतले मुक्तक संग्रहको सामूहिक लोकार्पण गरेका थिए ।

प्रतिभा पुरस्कार प्रतिष्ठानको ६२ औं प्रकाशनमालाका रूपमा मुक्तक संग्रह प्रकाशन गरेको जनाएको छ ।

मुक्तककार अकिञ्चनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै प्राज्ञ विवश पोखरेलले कृतिकारको तीन दशकभन्दा बढीको साधना सफल भएको बताए । कार्यक्रमका प्रमुख अतिथि पराजुलीले समाज र राजनीतिलाई साहित्यले मार्ग निर्देशन गर्नुपर्ने हुनुपर्छ भन्दै मुक्तककारलाई बधाई तथा शुभकामना दिए ।

सामाजिक परिवेशबाट अभिप्रेरित भई मनको एउटा भागबाट देश प्रेमको मोह पोख्दै सिर्जना गरिएका रचना संग्रह प्रकाशित गरिएको छ । संग्रहमा २ सय ७० वटा मुक्तकहरू समेटिएको समीक्षक भरत गुरागाईंले जानकारी दिए ।