चौविसे गाउँपालिकामा सामुदायिक मगर संग्राहालय

चौविसे गाउँपालिकामा सामुदायिक मगर संग्राहालय
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । चौविसे गाउँपालिका– डाँडागाउँमा सामुदायिक मगर संग्रहालय स्थापना गरिएको छ । एक कार्यक्रमका वीच प्रदेश सभा सदस्य निरन राईले रिवन काटेर संग्रहालयको उद्घाटन गरेका हुन् ।

संग्राहालयमा मगर समुदायको पहिचान झल्किने सबै साम्रागीहरु संरक्षण गरि राखिएको छ । प्रदेश सभा सदस्य निरन राईको निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम अन्र्तगत विनियोजित १० रुपैया लागतमा स्थापना संग्रहालयको व्यवस्थापन चौविसे गाउँपालिकाले गरेको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य राईले संग्रहालयको थप संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले स्थापना भएको संग्रहालयले मगर समुदायको संस्कृति, रितिरिवाज लगायतको संरक्षण तथा सम्वद्र्धन गर्न सहयोग पुग्ने बताए ।  चौविसे गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले आर्थिक, सांस्कृतिक, सामाजिक, पर्यटन जस्तो क्षेत्रमा यस संग्रहालयले भूमिका खेल्ने बताइन् ।

उद्घाटन कार्यक्रममा मगर संस्कार अनुसार हुर्रा नाच समेत प्रस्तुत गरी संग्रहालय भित्र रहेका वस्तुको अनावरण समेत गरियो । कार्यक्रममा वडाध्यक्ष श्री ममिन्द्रकुमार लिम्बु, कार्यपालिका सदस्य श्री सुवर्णमाया थापा लगायत वडा सदस्यहरुको उपस्थित थियो ।