May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

दुवै अध्यक्षको प्रतिवेदन शतप्रतिसत सही छैनः खनाल

दुवै अध्यक्षको प्रतिवेदन शतप्रतिसत सही छैनः खनाल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फिक्कल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले दुवै अध्यक्षका प्रतिवेदनमध्ये एउटा शतप्रतिशत सही र अर्काे शतप्रतिशत गलत भन्ने अवस्था नरहेको बताएबा छन् । खनालले मंसिर १६ गते बस्ने पार्टी सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल हुने तर दुवै शतप्रतिशत सही भने नठहरिने बताए । बहसले एउटा निष्कर्ष निकाल्ला तर एउटा प्रतिवेदन सही र अर्काे गलत छ भनेर भन्न नसक्ने बताए ।    

                सरकारको चर्को आलोचना गरिरहेका बरिष्ठ नेता खनालले गृह जिल्ला ईलाम पुगेर सरकारले राम्रो काम गरिरहेको बताए । सरकारले विकास निर्माण, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारको क्षेत्रमा सक्रिय रूपका काम गरिरहेको खनालले बताए । ‘विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्नु परिरहेपनि समृद्ध नेपाल निर्माणका लागि सरकारले आफ्नो दायित्व बिर्सेको छैन, सक्रियतासाथ काम गरिरहेको उनले बताए । 

                पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको छ, नेताहरूबीच विवाद भइरहेको साँचो हो । तर, यो पार्टी नै फुट्छ, चकनाचुर हुन्छ भनेर हल्ला चलेको छ,’ सूर्याेदय नगरपालिकास्थित फिक्कलमा आधारभूत अस्पतालको शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘पार्टी कुनै पनि हालतमा फुट्दैन । पार्टी फुट्छ र त्यसको फाइदा लिउँला भनेर कसैले रोटी सेक्न खोजेको छ भने त्यो पूरा हुँदैन । रोटी नबेल्दा हुन्छ ।’

                नेकपा स्पातले बनेको पार्टी हो, यसलाई कसैले फुटाउन सक्दैन,’ उनले भने, ‘को छ नेकपालाई फुटाउने मान्छे, कुन नीतिले फुटाउन सक्छ, कुन कानुन र संविधानले फुटाउन सक्छ ? हामी चुनौती दिन चाहन्छौं ।’ पार्टीलाई अझ बलियो बनाउन बहस र छलफल चलिरहेको भन्दै उनले बहस हुँदैमा नआत्तिन नेता–कार्यकर्तालाई आग्रहसमेत गरे ।

                फिक्कलमा संघीय सरकारको १८ करोड रुपैयाँ लागतमा आधारभूत अस्पताल भवन निर्माण हुन लागेको हो । आउँदो २ वर्षभित्र अस्पताल भवन निर्माण हुने सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए ।