January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

संक्रमितको उपचार गदागर्दै आईसोलेसन प्रमुख आफै संक्रमित

संक्रमितको उपचार गदागर्दै आईसोलेसन प्रमुख आफै संक्रमित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । कोविड महामारी सुरु भएदेखि अग्रमोर्चामा रहेर जनतालाई सुरक्षा दिदै आएका ‘उदयपुर कोविड अस्पताल बेलटार’का आईसोलेसन प्रमुख तेजबहादुर पोखरेल आफै संक्रमित हुन पुगेका छन् । चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारस्थित कोविड अस्पतालमा आउने १ सयबढी संक्रमितलाई उपचारपछि घर पठाईसकेका नगर स्वास्थ्य शाखा प्रमुख पोखरेलले आफै संक्रमित  भएको बताएका छन् । 

                दुईदिनयता रुघाखोकी र ज्वरो देखिएपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएको बताइएको छ । चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले पोखरेल र दुई महिला स्वास्थ्यकर्मीसमेत संक्रमित देखिएको जानकारी दिए । संक्रमितको उपचारमा अहोरात्र खट्दै आएका पोखरेल स्वयं संक्रमणको शिकार भएको मेयर राईले बताए । हालसम्म कोविड अस्पतालमा उपचारार्थ आउने बिभिन्न ठाउँका १ सय हाराहारीलाई निको पार्ने काममा खट्दाखट्दै पोखरेल स्वयं संक्रमित हुन पुगेको मेयर राईले बताए ।