ढुंगा प्रहार गरी वृद्धको हत्या

ढुंगा प्रहार गरी वृद्धको हत्या
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान । सल्यानमा ढुंगा प्रहार गरी एकजना वृद्धको हत्या भएको छ । मानसिक सन्तुलन गुमाएका भनिएका बनगाढ कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले ६६ वर्षीय दुर्गाबहादुर वादीको हत्या गरेका हुन् ।

दुर्गाबहादुर नाथेखोलाबाट घर जाँदै गर्दा भारचौैर खोला नजिकै साहुले पछाडिबाट ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । उनका अनुसार दुर्गाबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।