स्वाब संकलन गाडीबाट गाउँघरमै पुगेर स्वाब लिईने

स्वाब संकलन गाडीबाट गाउँघरमै पुगेर स्वाब लिईने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । राष्ट्रिय आविश्कार केन्द्रले प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय आविश्कार केन्द्र आफैले फिटिङ गरेर प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतबार प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले गाडी प्राप्त गरेसँगै अब स्वाब संकलनमा सहजता आउने विश्वास गरिएको छ । स्वाब संकलन गाडीमार्फत अबदेखि वडा–वडा र गाउँघरसम्मै पुगेर स्वाब संकलन गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघी स्वाब संकलन गाडी नहुँदा अस्पताल र क्लिनिक पुगेरै स्वाब दिनुपर्ने बाध्यता थियो । तर स्वाब संकलन गाडी आएसँगै सो बाध्यता हट्ने विश्वास गरिएको छ ।