भीरबाट पिकअप खस्दा २ जनाको मृत्यु

- प्रदेशन्युज संवाददाता
- २०७७ मंसिर १६
इलाम । फाकफोकथुम गाउँपालिकामा मंगलबार राति भएको पिकअप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–५ को थुम्काभीरबाट को.२ च १५ नम्बरको पिकअप खस्दा माई नगरपालिका–९ का ४० वर्षे दिनेश लिम्बू र इलाम नगरपालिका–११ का ३० वर्षे नवीन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा माई नगरपालिका–१ का विकास तामाङ गम्भीर घाइते भएका छन् । उनको इलाम अस्पतालमा उपचार भइरहेको छ । तरकारी बोकेर पाँचथरको रविबाट नवमी हुँदै इलाम आउँदैगरेको पिकअप दुर्घटना भएको प्रहरी इन्स्पेक्टर नवीन राईले बताए ।

शीर्ष समाचार
- पाख्रीबास नगरमा एमाले उम्मेदवार राई, जस्ले व्यक्तिगत जीवनलाई जनताको सेवा र पार्टी जीवनमा समर्पण गरे
- चौविसेमा एमालेको विरासत जोगाउने अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
- छथर जोरपाटीमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
- पाख्रीबास नगरमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
- महालक्ष्मी नगरपालिकामा विरासत जोगाउने एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
धेरै पढिएको

प्रतिकृया दिनुहोस्