मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिरामी भई उपचारका लागि विराटनगरकै न्यूरो अस्पताल आउने क्रममा छोराले चलाएको मोटरसाइकलबाट खसेर विराटनगर–१५ कि ६० वर्षीय मनाकामना झाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दारका अनुसार आमा बिरामी भएपछि छोराले मोटरसाइकलमा राखेर अस्पताल ल्याउने क्रममा खसेर घाइते भई उपचारका क्रममा सोमबार साँझमा मृत्यु भएको छ ।

२२ वर्षीय छोरा राजन झाले चलाएको को १२ प ३५६ नम्बरको मोटरसाइकलबाट महिला खसेकी थिइन् भने घटनाको थप अनुसन्धानका लागि प्रहरीले चालक छोरा र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पोद्दारले जानकारी दिए ।