वीपीमा झापाकी कोरोना संक्रमितको निधन

वीपीमा झापाकी कोरोना संक्रमितको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाकीकोरोना संक्रमित वृद्धाको निधन भएको छ ।

झापाको दमक नगरपालिका ३ की ८२ बर्षीया वद्धाको आज बिहान कोभिड अस्पतालमा निधनभएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार आज बिहान ७ बजेर ५० मिनेटमा उनको निधन भएको हो । मृतक मृगौलाको विरामी थिइन् । उनलाई मंसिर ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनलाई संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।