चिलिमेले २० प्रतिशत लाभांश वितरण गर्ने

चिलिमेले २० प्रतिशत लाभांश वितरण गर्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा । चिलिमे जलविद्युत् कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १० प्रतिशत वोनस सेयर र १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

                कम्पनी सञ्चालन समितिको मंगलबार बसेको बैठकले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस र ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँनै नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

                हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ रहेको छ ।  प्रस्तावित लाभांश स्वीकृतिका लागि आउँदो पुस १२ गते २४ औं वार्षिक साधारणसभा बोलाएको छ । लाभांश र साधारणसभा प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

                गत वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत वितरण गरेको थियो । कम्पनी अन्तर्गत अहिले रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन र मध्येभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।