रौतहटमा अर्को दलित युवकको हत्या

रौतहटमा अर्को दलित युवकको हत्या
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहटमा सोमवार राति एक जना दलित युवकको हत्या भएको छ । सोमवार बिहान एक जना दलित पुरुषको शव माधवनारायण नगरपालिकामा थियो । शंकास्पद अवस्थामा दशैँरामको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो ।

सोमवार राति नै रौतहटको वृन्दावन नगरपालिकामा एक युवकको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।  कोखा (पेट)मा चक्कु प्रहारबाट रौतहटको वृन्दावन नगरपालिका ३ का १८ वर्षीय नन्दकिशोर रामको मृत्यु भएको हो ।

स्थानीय लाले रामले मादक पदार्थ सेवन गरी सोमवार साँझ छिमेकी ललितादेवीलाई गालीगलौज गरेकोमा दुई पक्षबिच विवाद उत्पन्न भएको थियो । विवादले झगडाको रुप लिएपछि मौजेलाल रामका १८ वर्षीय छोरा नन्दकिशोर रामले लाले रामको पक्षमा बोलेको लक्ष्मी रामका १९ वर्षीय छोरा रवि रामको आरोप रहेको थियो ।

दुवै पक्षको झगडा शान्त भइसकेपछि रवि रामले नन्दकिशोर रामको कोखा (पेट) मा चक्कु प्रहार गरेको थियो ।

चक्कु प्रहारबाट सख्त घाइते भएका नन्दकिशोर रामको उपचारको क्रममा अपोलो अस्पताल चन्द्रपुरमा करिब साढे नौ बजे राति मृत्यु भएको प्रहरीको भनाइ छ । चक्कु प्रहार गर्ने रवि रामलाई चक्कुसहित पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आपसी विवादमा गत हप्ता पनि रौतहटमा एक जना दलित युवकको ज्यान गएको थियो ।