अभिभावकद्वारा धरान उपमहानगरपालिका कार्यालय घेराउ र नाराबाजी

धरान । उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिलाई गर्दा निजी विद्यालयहरुले मनोमानी शुल्क असुल गरेर आफुहरुलाई मार पारेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा घेराउ तथा नाराबाजी गरेका छन् ।
उपमहानगरपालिकालाई दिएको अल्टिमेटमभित्र पनि शुल्क निर्धारण गर्न वास्ता नगरेको भन्दै अभिभावकहरु आज(मंगलबार) बिहान धरानका मेयर, उपमेयर भेट्न गएका थिए । उपमहानगरपालिकामा धर्नासमेत दिने घोषणा गरेर गएका अभिभावकहरुले कार्यकक्षमा मेयर र उपमेयर नभेटेपछि शिक्षा महशाखामा घेराउ र नाराबाजी गरेका हुन् । उनीहरुले शिक्षा महाशाखा प्रमुख रत्न कटवाललाई शुल्क निर्धारण गर्न दबाब दिदै नाराबाजी गरेका थिए ।
बिहान साढे १० बजेदेखि उपमहानगर गेट बाहिर धर्ना दिने भनिएको थियो । तर शिक्षा महाशाखा प्रमुख कटवालले मेयर तिलक राईसँग सम्पर्क गरेपछि कार्यालय आएर निर्णय गर्ने र बेलुकासम्म सुचना जारी गर्ने आश्वासन दिएका छन् । ‘मेयर साब कार्यालय आएर शुल्कबारे केही निर्णय गछौं ।
कोरोना महामारीको कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन शुरु भएकोले विद्यालयहरु बन्द छन् । लकडाउनको केही समय पछि केही निजी विद्यालयहरुले अनलाईनमार्फत कक्षा सञ्चालन गर्न थालेको थियो । अनलाईन कक्षा सञ्चालन गरेको भन्दै निजी विद्यालयहरुले सामान्य अवस्थामा जस्तै शुल्क लिइरहेको भन्दै अभिभावकहरुले आफुहरुलाई मर्का गरेको गुनासो गरिरहेका छन् । कोरोना महामारीले अभिभावकहरुको पनि आम्दानीमा असर पुगेकोले शुल्क समायोजन गर्न आग्रह गरिरहेका छन् । यस बिषयमा पटक पटक छलफल भएपनि उपमहानगरपालिकाले ठोस निर्णय गर्न सकेको छैन । स्थानीय सरकारले निर्णय नगरी नै निजी विद्यालयहरुले भने अभिभावकहरुसँग शुल्क उठाइरहेको छ ।
अभिभावक विकास भाटीधरानका सम्पुर्ण अभिभावकहरुको समस्या लिएर उपमहानगरपालिकालाई गुहार्दा पनि वेवास्ता गरिएको बताउँछन् । उपमहानगरका प्रमुख, उपप्रमुखसमग्र धरानको अभिभावक भएकोले विद्यार्थीका अभिभावकहरुको समस्यालाई वेवास्ता गर्न नमिल्ने आन्दोलनकारीको भनाइ रहेको छ ।
धरानका अभिभावकहरुले बार्षिक शुल्क र अनलाइन कक्षाको शुल्क विगतको तुलनामा ५० प्रतिशत निर्धारण गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्