सहिदभूमी गाँउपालिकाको वडा कार्यालय भवन उद्घाटन

सहिदभूमी गाँउपालिकाको वडा कार्यालय भवन उद्घाटन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको सहिदभूमी गाँउपालिकाको  ५ नं वडाको वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति एवं सांसद ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य तथा गाँउपालिका अध्यक्ष मनोज राईको विशेष आतिथ्यमा उद्घाटन गरिएको हो । प्रमुख अतिथि न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले मुलुकमा राजनीतिक परिवर्तनका लागि सहिदभुमी गाँउपालिकाको जनताको महत्वपुर्ण योगदान रहेको बताए ।

त्यस्तै गरि कार्यक्रमका विशेष अतिथि गाँउपालिका अध्यक्ष मनोज राईले जनताले सोचे अनुरुपनै विकासका कामहरु अगाडि बढिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाधयक्ष रत्नेश्वरी राई,  वडा नं ७ का वडाध्यक्ष बम बहादुर राई लगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रम हल सहितको ७ कोठे उक्त भवन बहुवर्षे योजना अन्तरगत एक करोड लागतमा निमार्ण गरिएको वडाध्यक्ष मल्सुराम राईले बताए ।

उक्त कार्यक्रममा वडाकार्यलय भवन निमार्णका लागि निशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गा दाताहरु कुलबहादुर राई, भिमबहादुर राई र सुर्यबहादुर राइलाई सम्मान पत्र सहित दोसोल्ला ओढाएर सम्मान गरेको छ ।