इलामको कन्याममा चिया परीक्षण तथा प्रबर्द्धन केन्द्र

इलामको कन्याममा चिया परीक्षण तथा प्रबर्द्धन केन्द्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । चियाको राजधानी’ सूर्योदय नगरपालिकामा बन्न लागेको देशकै पहिलो चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र शिलान्यास गरिएको छ । २३ करोड रुपैयाँ लागतमा बन्ने केन्द्र भवनको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बिहीबार शिलान्यास गरे ।

शिलान्यासपछि आयोजित समारोहमा मुख्यमन्त्री राईले देशभरको चिया चाख्ने र बजार प्रवद्र्धनमा सघाउनेगरी निर्माण भएको केन्द्रलाई अध्ययनअनुसन्धान केन्द्र पनि बनाउने बताए । चिया परीक्षण र प्रवद्र्धनका माध्यमबाट इलामको पर्यटनमा केन्द्रले सहयोग गर्नेछ,’ उनले भने, ‘यसलाई अनुसन्धानसँग जोडेर प्रयोगमा ल्याउनेतिरसमेत प्रदेश सरकारको ध्यान जाने उनले बताए ।

 १ नम्बर प्रदेशका भूमिसुधार, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले केन्द्र स्थापनापछि विश्वभरका व्यापारी इलाम आएर चिया चाख्न पाउने बताए । सूर्योदय नगरपालिका– ७, कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माणतर्फ १८ करोड र उपकरण तथा फर्निसिङ खरिदमा ५ करोड हाराहारी रकम खर्च हुने अनुमान छ । आयोजनाका लागि प्रदेश सरकारले ७५ प्रतिशत र नगरपालिकाले बाँकी २५ प्रतिशत रकम खर्चिनेछन् । आयोजना निर्माणका लागि गत फागुनमा प्रदेश सरकार र सूर्योदय नगरपालिकाबीच लगानी सम्झौता भएको थियो ।

नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले केन्द्र स्थापना हुनु नेपाली चियाको गुणस्तर र बजारीकरणका लागि कोसेढुंगा भएको बताए । नेपाली चियालाई विश्वबजारमा विक्री गर्नेक्रममा भारतीय पक्षबाट बेला–बेला विभिन्नखाले झमेला हुनेगरेको भन्दै उनले चीन सरकारसँगै चिया व्यापारको सम्झौता (जिटुजी) गर्ने प्रक्रिया अघि बढेको बताए ।

सूर्योदय नगरपालिकामा ५ दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग छन् । चिया उत्पादन परिमाणका हिसाबले जिल्लाकै पहिलो पहिलो चिया परीक्षण र प्रवद्र्धन केन्द्र स्थापना हुन लागेको हो । यहाँको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको नीति–कार्यक्रम नै रहेको मेयर रणबहादुर राईले बताए ।