छोराको कुटाईबाट बाबुको मृत्यु

छोराको कुटाईबाट बाबुको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ । धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षिय तुलराम ढकालको ज्यान गएको हो ।

४० वर्षिय छोरा भुबन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्यकर्मीले घाईते ढकाललाई बुधवार राती मृत घोषणा गरेका हुन् । कुटपिट गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए । मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्य केन्द्रमै राखिएको छ ।