सौर्य सिमेन्टको खानीमा ४ वटा बम विष्फोट, ५ घाईते

उदयपुर । उयदपुरको कटारीस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा बिहीबार राति अज्ञात समूहले ४ वटा शक्तिशाली बम विष्फोट गराएको छ । कटारी नरपालिका ८ मर्जेतपुरस्थित खानीमा भएको विष्फोटले खानीकै ५ जना मजदुर घाईते भएका छन् भने एउटा स्काभेटर र मोटरसाईकल ध्वष्त भएको छ ।
मध्येराति ठूलठूला आवाजका साथ विष्फोट हुँदा मजदुरहरु दुर्गाबहादुर तामाङ, शिवशंकर मोक्तान, नविन मगर, विष्णु मगर र सागर मोक्तान घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
घट्नाबारे विस्तृत जानकारी आईनसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीको टोली शुक्रबार विहान घट्नास्थलतर्फ गएर विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा भएको यो विष्ष्फोट दुईसाताभित्र दोस्रो घट्ना हो । विष्फोटनको आशंकामा सोधपुछ गर्न घट्नाको ३ दिनपछि पक्राउ ताप्लीकै २ जनामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ताप्ली ५ का ७८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली १ की ३४ वर्षीया निरु विकलाई सोधपुछका लागि नियनत्रणमा लिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले पुष्टि गरेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्