१० किलो चरेशसहित एकजना पक्राउ

बैतडी । १० किलोचरेशसहित बैतडीमा एकजना पक्राउ परेका छन् । बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेस सहित प्रहरीले पक्राउ गरेको हो ।
धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । उनलाई बिहीबार राती ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस्