उपमहानगरसँग असन्तुष्टी जनाउदै, धरानका निजी विद्यालय भोलीदेखि खुल्ने

उपमहानगरसँग असन्तुष्टी जनाउदै, धरानका निजी विद्यालय भोलीदेखि खुल्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । धरानका निजी तथा संस्थागत विद्यालयहरुलेभोली आइतबारदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा आंशिक कक्षहरुको पठनपठन सुचारु गर्ने भएका छन् ।

कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका विद्यालयहरुले स्वास्थ्य प्रोटोकल पालना गर्दै पठनपाठन शुरु गर्ने निर्णय गरेका हुन् । निजी विद्यालयहरुको एरिया कोअर्डिनेसन कमिटि(एसिसि)का अध्यक्ष राजेन्द्र गुरुङका अनुसार सरकारको स्वास्थ्य प्रोटोकल पालना गर्दै स्कुल सञ्चालन हुनेछ । तर, सबै कक्षाको पठनपाठन भने नहुने उनले बताए । ‘मावि तहको स्कुल हो भने कक्षा ८, ९ र १० को पढाई शुरु हुन्छ, । आधारभुत वा प्रावि तहको स्कुलले २ वटा उपल्लो कक्षाको पढाई गराउछ ।

कतिपय आधारभुत एवं प्राथमिक तहको स्कुल कक्षा ८ सम्म छ भने कतिपय ५ कक्षासम्म मात्र छन् । कक्षा ८ सम्मका विद्यालयले कक्षा ७ र ८ पढाउछन् भने ५ कक्षासम्मको विद्यालयले कक्षा ४ र ५ को मात्र पढाई शुरु गर्ने गुरुङले जानकारी दिए । ‘सरकारको स्वास्थ्य प्रोटोकल पालना गरेर, एउटा डेस्क बेञ्चमा मात्र २ जना राखेर, मास्क, सेनिटाइजर अनिवार्य गरेर पढाई शुरु गर्न लागेको उनले बताए ।

धरानमा करिब ८० को संख्यामा निजी तथा संस्थागत विद्यालयहरु छन् । ती अधिकांश विद्यालयहरुले नै पठनपाठन शुरु गर्ने बताइएको छ । यसअघि धरान उपमहानगरपालिकाले शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा उल्लेख भएको ७ वटा विकल्प मध्ये कुन वमोजिमा विद्यालय सञ्चालन गर्ने भनेर प्रस्ताव माग गरेको थियो । सबै विद्यालयहरुले प्रस्ताव बिहिबारसम्म शिक्षा महाशाखामा बुझाइसकेको छ । तर, उपमहानगरबाट निर्णय हुनु अगावै निजी तथा संस्थागत विद्यालयहरुले भोली आइतबारदेखि पढाई शुरु गर्ने घोषणा गरेपछि उपमहानगरपालिका अफ्ठेरोमा परेको छ

धरानका मेयर तिलक राई कोरोनाको जोखिम रहिरहेको भन्दै विद्यालय खोल्ने बारे निर्णय पनि नभइसकेको बताउँछन् । ‘महामारी जोखिमको कुरा छ ।  प्रोटोकल कसरी पालना हुँदैन । त्यसैले विद्यालय खोल्ने विषयमा अझै छलफल भइरहेको मेयर राईले बताए ।

प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बु भने सम्पुर्ण स्वास्थ्य प्रोटोकल पालना गरेर स्कुल सञ्चालन हुने भएकोले समस्या नहुने बताउँछन् । धेरै विद्यार्थी हुने विद्यालयले २ सिफ्टमा विद्यार्थी पढाउने र एक सिफट्मा डेढ सय भन्दा बढी विद्यार्थी नराख्ने उनको भनाई छ ।

शुल्क नतोके विद्यालयले आफै तोक्ने

धरान उपमहानगरपालिकाले बुधबारसम्म शुल्क निर्धारण नगरे निजी तथा संस्थागत विद्यालयहरु आफैले शुल्क निर्धारण गर्ने चेतावनी दिएका छन् । उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क निर्धारणबारे निर्णय नभएसम्म नलिन निर्देशन जारी गरेपछि निजी तथा संस्थागत विद्यालयहरु असन्तुष्ट छन् । उनीहरुले शुक्रबार उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउदै सहजीकरण गर्ने निकाय अर्कमण्य बनेर निर्णय नगर्ने र निर्देशन मात्र जारी गरेको आरोपसमेत लगाएका छन् ।

निजी विद्यालयका संस्थाहरु प्याब्सन, एन प्याब्सन र एसिसि धरानले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । ‘