तेस्रो बिहे गर्ने सल्यानमा वडाध्यक्ष पक्राउ

सल्यान । सल्यानमा बहुविवाह गरको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई पक्राउ परेका हुन् ।
शुक्रबार बेलुका स्थानीय जयतपानी बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । घरमा दुईजना श्रीमती र दुवै श्रीमतीतर्फ चारजना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भन्दै स्थानीय पाँचजनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको प्रवक्ता ओलीले जनाए ।

प्रतिकृया दिनुहोस्