विर्तामोडकी कोरोना संक्रमित महिलाको निधन

विर्तामोडकी कोरोना संक्रमित महिलाको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा विर्तामोड ८ झापाकी कोरोना संक्रमित महिलाको निधन भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उपचारको क्रममा ४५ बर्षीय महिलाको निधन भएको हो । उनको राती सवा १२ बजे निधन भएको पोखरेलले जानकारी दिएका छन् । मृतक महिला मुटुका विरामी थिइन् । उनलाई मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।