प्रहरीकै पेस्तोल खोसेर खाग तस्करले आफनै साथीमाथि गोली चलाए

प्रहरीकै पेस्तोल खोसेर खाग तस्करले आफनै साथीमाथि गोली चलाए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । बुटवलमा गोली चल्दा एक जना घाइते भएका छन । खाग तस्करीमा संंलग्न र प्रहरी बिच मुडभेड हुँदा तस्कर समुहकै अन्दाजी ३० बर्षका राकेश न्यौपाने घाइते भएका छन् । तस्कर समुहकै एक व्यक्तिले चलाएको गोली न्यौपानेको चिउडोमा लागेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रबिण पोखरेलले जानकारी दिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगेर उपचार भइरहेको छ ।

तस्कर समुहका दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना फरार छन । रुपन्देहीका प्रहरी प्रमुख एसपी पोख्रेलका अनुसार खाग तस्करीमा संलग्न सुर्खेतको लेकबेसी नगरपालिका– ७ का ३१ बर्षे भक्तबहादुर थापा र जाजरकोटको बारेकोट गाँउपालिकाका २६ बर्षीय कर्णबहादुर राउत पक्राउ परेका छन । जाजरकोटकै नायकवडा गाँउपालिका– ४ का ३१ बर्षका बिरेन्द्र बहादुर सिंह फरार छन । पक्राउ परेका ब्यक्तिबाट खाग जस्तो एक थान बस्तु फेला परेको र थप अनुसन्धान भइरहेको एसपी पोख्रेलले बताए ।

खाग तस्करीमा संलग्न भनिएका चार जना बुटवल उपमहानगरपालिका–८ को शुक्रपथमा रहेको न्यु कलश होटलको १०५ नम्बर कोठामा बसेका थिए । खाग तस्करहरु बसेको भन्ने सूचना पाएपछि आइतबार बिहान ९ बजेतिर प्रहरी टोलीले पक्राउ गर्न बाहिरबाट कोठाको चुक्कल लगाइदियो । तर तस्करहरुले ढोका फोडेर बाहिर निस्केको र प्रहरीकै पैस्तोल खोसेर गोली चलाउदा तस्कर  समुहकै एकजनालाई गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठोरले बताए ।