ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दार्चुला । ट्रक दुर्घटना हुँदा  दार्चुलामा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना३ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्ताेला आइतबार राती करिब १० बजेतिर दुर्घटना हुँदा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की, बेतडीकै दोगडाकेदार गाउँपालिका–६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–८ नगतडका १७ वर्षीय चन्द्रसिंह बिष्टको मृत्यु भएको दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए ।

ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटना हुनुभन्दा ३÷४ घण्टा पहिला ट्रकको इन्जिनमा समस्या आएकोले सोही कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।