गण्डकी प्रदेशमा एकै दिन ४ कोरोना संक्रमितको मृत्यू
पोखरा । गण्डकी प्रदेशमा आइतबार ४ कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका १७ की ६६ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यू भएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जनाइएको छ ।
त्यस्तै पोखरा १७ कै ३४ वर्षे पुरुषको पनि आईतबारै मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको चरक मेमोरियल कलेजमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
यसैगरी पोखरा महानगरपालिका वडा नम्बर १ का ७५ वर्षिय वृद्धको आईतबार पौने ११ बजे मृत्यू भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
आईतबारै लमजुङ बेसीशहर नगरपालिका ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको जनाइएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।
आईतबार ४ को मृत्यू भएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १ सय ७० पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाले कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५ म्याग्दीका ३ र पर्वतका २ जनाको मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्