May 15, 2022, Sunday
२०७९ जेष्ठ १, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

वीपीमा मिसावट गरिएको गुणस्तरहिन स्प्रिटः सप्लायर्सलाई कारबाही गर्न चिकित्सकहरुको माग

वीपीमा मिसावट गरिएको गुणस्तरहिन स्प्रिटः सप्लायर्सलाई कारबाही गर्न चिकित्सकहरुको माग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्लायर्सले मिसावत भएको गुणस्तरहिन स्प्रिट दिएको खुलेको छ ।

प्रतिष्ठानको अस्पतालको विभिन्न वार्डमा चिकित्सकहरुले प्रयोग गर्दा सबैको हातमा हरियो रंग दलिएपछि सप्लायर्सले गुणस्तरहिन स्प्रिट उपलब्ध गराएको खुलेको हो । यो बिषयमा प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल प्रशासनलाई जानकारी दिइसकेका छन् । यद्यपी, गुपचुप राखिएको यो घटनाबारे केही चिकित्सकहरुले फेसबुक ग्रुपमा गरेको च्याट सार्वजनिक गरेपछि मात्र बाहिरिएको हो । प्रतिष्ठानले गुणस्तरहिन सामान दिएर ठगी गर्ने सप्लायर्सलाई कारबाही नगरी बचाउमा लागेको स्रोतको भनाई छ ।

चिकित्सकहरुका अनुसार स्प्रिटलाई चिन्नको लागि हरियो रंग देखिने गरि कपर सल्फेट मिसाइएको हुन्छ । कपर सल्फेट मिसाइएको स्प्रिट वोतलमा हरियो देखिए पनि रुवामा लगाउदा रंग आउदैन । तर, अहिले प्रतिष्ठानमा उपलब्ध स्प्रिटमा कपर सल्फेट नभै रंग नै मिसाइएको छ । एक चिकित्सकका अनुसार यो स्प्रिट रुवामा लगाउदा रुवा नै हरिया हुन्छ भने हरियो रंग लागेर हात पनि हरियो नै बनाइदिन्छ । ‘यो जसले सप्लाई गर्यो, त्यसको वदमासी हो । यहाँको मेडिकल स्टोरले पनि भेरिफाई नगरि हामीलाई पठायो,’एक चिकित्सकले भने ।

                प्रतिष्ठानमा यो स्प्रिट सप्लाई गर्ने ठेक्का गर्ग इम्पेक्सले पारेको स्रोतको दाबी छ । तर प्रतिष्ठानबाट आधिकारिकरुपमा स्प्रिट सप्लाईकर्ताबारे जानकारी दिएको छैन । गर्ग इम्पेक्स धरानकै व्यापारी पवन अग्रवालको हो । अग्रवाल परिवार एवं दाजुभाईको २ दर्जन बढी फर्म रहेको छ । ती फर्मले प्रतिष्ठानमा बषौंदेखि नै एकछत्र कारोबार गर्दै आइरहेका छन् । प्रतिष्ठानको पदाधिकारीदेखि विभिन्न विभागका कर्मचारीहरुसम्म सेटिङ गर्ने गरेका छन् । चिकित्सा एवं दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।

प्रतिष्ठानका मेडिकल स्टोर प्रमुख सञ्जिव कर्णले पनि शुरुवातका केही संख्यामा राम्रो स्प्रिट दिएर बाँकी भने सबै मिसावत भएको पाइएको बताए ।