जनकपुर विमानस्थको नयाँ टर्मिनल भवन संचालन

जनकपुर विमानस्थको नयाँ टर्मिनल भवन संचालन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा । जनकपुर विमानस्थलमा नयाँ नर्मिनल भवनमा मंगलबाट औपचारिक रुपमा सेवा संचालन भएको छ । मंगलबार पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले उद्घाटन गरेपछि औपचारिक सेवा संचालनमा आएको हो ।

१८ जना यात्रु बोक्ने सानो जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा संचालन हुँदै आएको सञ्चालित थियो । नेपाल सरकारको ४२ करोड लगानीमा निर्माण गरिएको नयाँ टर्मिनल भवनमा टावर, सुरक्षाकर्मी आवास गृह, पार्किङ सेवा समेत संचालनमा आएको छ ।

जीर्ण टर्मिनल भवनमा जेनतेन सेवा संचालन हुँदा यात्रुहरुले न्यूनतम सुविधा समेत पाउन सकेका थिएनन् । अत्याधुनिक टर्मिनल भवनबाट सेवा सञ्चालन हुँदा यात्रुदेखि कर्मचारी सबैलाई सहज हुने जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले बताए ।

चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवन नेपालकै पहिलो स्टील स्ट्रक्चरको भवन रहेको जनाइएको छ । यस भवनमा तत्कालै सात सय यात्रु एकपटक राखेर सेवा दिन मिल्ने व्यवस्था रहेको विमानस्थल कार्यालयले जनाएको छ । त्यसैगरी सिसिटीभि, फायर अलार्म, सञ्चार सेवा, भीआइपी कक्ष र आमाबच्चा स्यहार कक्ष, धुम्रपान क्षेत्रको समेत बन्दोबस्त छ ।

२०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा निर्माणकार्यको शिलान्यास गरेका थिए । डेढवर्षमै काम सक्नेगरी निर्माण कम्पनी पप्पु एण्ड एनके कन्सट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न सकेपछि ठेक्का तोरेर दोस्रो चरणमा थेगिन जाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरिएको थियो । दोस्रो चरणको ठेक्केदारले काम सम्पन्न गरेपछि मंगलबार औपचारिक उद्घाटन गरी सेवा सुरु गरिएको हो ।