लुम्बिनीमा मायादेवी मन्दिर खुलाः पर्यटकको चहलपहल सुरु

लुम्बिनीमा मायादेवी मन्दिर खुलाः पर्यटकको चहलपहल सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । कोरोना संक्रमण फैलिएपछि चैतदेखि बन्द गरीएको लुम्बिनीस्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खल्ला गरिएको छ । न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अबलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुल्ला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनीयर सरोज भट्टराईले बताए । लुम्बिनी परिसर प्रवेशका ९ वटै ढोका मंसिर ३ गते देखि खोलिएको थियो ।

 पर्यटक प्रवेशकालागि मायादेवी मन्दिर पनि खल्ला गरिएपछि बुद्ध जन्मस्थलमा पर्यटकीय चहलपहल सुरु भएको छ । अहिले दैनिक करिब २ हजारका दरले आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । गत बर्ष मंसिरमा दैनिक ८÷९ हजारका दरले पर्यटक लुम्बिनी पुग्थे । आन्तरिक पर्यटकको आगमन सुरु भएपनि बाह्य मुलुकका पर्यटक आएका छैनन् । छिटपुट भारतीयहरु नेपालमा हुने आफन्तसंगै घुम्न आएपनि उनीहरुले आफनो परिचय लुकाउने गरेको कोषका कर्मचारी बताउँछन । कोरोना महामारी सुरु भएपछि परिचय खुल्ने गरी कोही पनि भारतीय लुम्बिनी प्रवेश नगरेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।