छोरीको कुटाईले बाबुको निधन

छोरीको कुटाईले बाबुको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । छोरीको कुटाईबाट उदयपुरमा बाबुको निधन भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका ३ ताम्लिछाकी २८ वर्षीया अनिता मगरको कुटाईबाट ५५ वर्षीय बाबु नेत्रबहादुर मगरको निधन भएको जनाइएको छ ।

                मादक पदार्थ सेवन गरेका बाबुले आमालाई कुटेर घाईते बनाएपछि छोरीले बाबुमाथि कुटपिट गर्दा उनको मृत्यु भएको वडाध्यक्ष भविन्द्र राईले बताए । उनका अनुसार छिमेकीको घरमा बिहे खाएर फर्केका मगरले पारिवारिक विषयमा बिबाद हुँदा श्रीमतिमाथि कुटपिट गरी घाईते बनाएपछि घट्ना भएको हो ।

                वडाध्यक्ष राईका अनुसार सोमबार साँझ छिमेकी पदम विककी छोरीको बिहेमा हल्का मादक पदार्थ सेवन गरेका मगरले घर आएपछि श्रीमतिमाथि कुटपिट गरी घाईते बनाएका थिए । घर झगडा भएको कुरा स्थानीयले सुनाएपछि विहेघरमै रहेकी अनिता माईत आएर बाबुमाथि ३ लात्ती प्रहार गर्दा घट्ना हुन पुगेको उनले बताए ।

                हलका मादक पदार्थ सेवन गरेकी छोरीको लात्ती प्रहारबाट गम्भीर घाईते मगरको बुधबार साँझ निधन भएको हो । उनको कुटाईबाट घाईते आमाको टाउकोमा ३ टाँका लगाएर उपचार भईरहेको वडाध्यक्ष राईले बताएका छन् । इलाका प्रहरी कार्यालय बाराहा र जिल्ला प्रहरीबाट गएको टोलीले बिहीबार घट्नाको सर्जमिन मुचुल्का उठाई मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम गाईघाट हिडाएको छ ।

                कुटपिट गर्ने अनितालाई बाबुको हत्या आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।