८७ वर्षीय कोरोना संक्रमितको मृत्यु

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ का ८७ वर्षीय कोरोना संक्रमितको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिहीबार मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालको कोभिड–१९ अस्पतालमा मंसिर १५ गते भर्ना भएका ८७ वर्षीय वृद्धमा सोही दिन कोरोना पुष्टि भएको थियो ।
सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोना संक्रमित बृद्धको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलिनबाट उपचार शुरु गरिएपनि अवस्था जटिल बन्दै गएपछि बिहीबार विहान ८ बजे मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले जानकारी खिए ।

प्रतिकृया दिनुहोस्