प्रहरी भर्ना परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

प्रहरी भर्ना परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा सहभागी आठ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा भएको परीक्षामा सहभागी आठ नक्कली परीक्षार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भगवतीमाई गाउँपालिका–७ दैलेखका कमल विकको स्थानमा परीक्षा दिने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेखका रणबहादुर रावलको स्थानमा परीक्षा दिने १९ वर्षीय रामबहादुर कार्की, भगवतीमाई गाउँपालिका–७ दैलेख का चक्रराज विकको स्थानमा परीक्षा दिने २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेखका चन्द्रबहादुर रानाको नाममा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेखका २० वर्षीय रमेशप्रसाद न्यौपाने पक्राउ परेका हुन् ।

यस्तै भेरी नगरपालिका–१० जाजरकोटका धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । मंसिर २० गतेदेखिसञ्चालन भएको प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।