नेपालकै अग्लो स्थानमा पाटेबाघ भेटियो

नेपालकै अग्लो स्थानमा पाटेबाघ भेटियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । नेपालमा हालसम्मकै अग्लो उचाईमा जंगली पाटेबाघ फेला परेको छ । तीन हजार एक सय ६५ मीटरको उचाईमा इलामको सन्दकपुर गाँउपालिकामा स्वचालित क्यामेरा मार्फत जंगली पाटेबाघको तस्बिर खिचिएको हो । पाँचथरसँगको सिमाना नजिकै इलामको चौडापात जंगलमा पाटेबाघ खिच्न सफल भएको हो । हालसम्म नेपालकै अग्लो उचाईमा जंगली पाटेबाघ देखिनु महत्पूर्ण सफलता रहेको बताईन्छ ।
बन तथा भु–संरक्षण विभागले विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । रेडपाण्डाको गतिविधि अनुगमन गर्न राखिएको क्यामेरा ट्रयापमा जंगली पाटेबाघको तस्बिर खिचिएको हो । कलर गरिएका १० रेडपाण्डालाई अनुगमन गर्न २० वटा क्यामेरा राखिएको छ । पूर्वीक्षेत्रमा बाघको पहिलो फोटोग्राफी प्रमाण भएको विज्ञप्तीमा उल्लेख छ । योसँगै कंचनजंघा भू–परिधी क्षेत्रमा बिरालो प्रजातीको संख्या आठ पुगेको छ । यस अघि चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, बन विरालो र छिरवरे बिरालो प्रजाती रेकर्ड भईसकेका छन् ।
नोभेम्बर १३ र २१ जंगली पाटेबाघको तस्बिर स्वचालित क्यामेराले खिचिएको उल्लेख छ । केहिसमय अघि सुदूरपश्चिम क्षेत्रको डडेल्धुरामा २ हजार ५ सय मीटर उर्चाईमा यो बाघ पाइएको थियो । अहिलेसम्मको प्रमाणका आधारमा भारतमा ३ हजार ६ सय ३० र भुटानमा ४ हजार ४ सय उचाईमा यो बाघ पाइएको बन तथा भूसंरक्षण विभागका महानिर्देशक मन बहादुर खड्काले बताए ।