भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर एकजनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरकाेट । जरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८, बन्डालाका ३८ वर्षीय जयलाल बोहराको मृत्यु भएको हो ।
नलगाड नगरपालिका–५, चारगाउँमा रहेको माइती घरबाट फर्कँदै गर्दा बारेकोट–८, कोटपाखा नजिकै भीरबाट लडेर उनको मृत्यु भएको स्थानीय दीपक बोहराले जानकारी दिए । उनका अनुसार करिब दुई सय ५० मिटर तल सेपुखोलाको किनारामा बोहराको शव भेटिएको थियो ।