पाल्पामा कोरोनाबाट एक जनाको मृत्यु

पाल्पामा कोरोनाबाट एक जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा । कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ । रैनादेवि  छहरा गाँउपालिका ६ का ८६ बर्षीय पुरुषको शनिबार राती कोरोनाबाट मुत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ  ।

८६ बर्षीय ती पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगीएका ती व्यक्तिको मंसिर २५ गते पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । पाल्पामा अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी  प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३२६ पुगेको छ ।