सरकारको अत्यचार र गैरजिम्मेवारी क्रियाकलापले सडक आन्दोलन गर्न बाध्य जियोः सभापति देउवा

सरकारको अत्यचार र गैरजिम्मेवारी क्रियाकलापले सडक आन्दोलन गर्न बाध्य जियोः सभापति देउवा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेटौडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाँध्य भएको बताएका छन् । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमा ढुङगा हान्ने, सडक बन्न गराउने काँग्रेसको उद्देश्य नभई बाध्यात्मक परिस्थितिले सडकमा उत्रनु परेको बताए ।

‘कम्प्यूनिष्ट सरकार भएपछि भष्टाचार, बलात्कारका घटना बढेका छन्, आरोपीहरु उम्किएका छन्,’ सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘देशमा एकलौटी शासन छ, जनतालाई बोल्ने, लेख्ने अधिकार समेत बन्द गर्न खोजिएको छ ।’ सम्बोधनका क्रममा देउवाले राजा आउने कुरामा कसैलाई भ्रममा नपर्न समेत आग्रह गरे । प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाले । उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाए ।

केपी ओली सरकारको गैरजिम्मेवारीपनका कारण ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लाग्ने स्थिति आइपरेको बताए । ‘मैले उसबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हाँस्न पनि पाइँदैन दिल खोलेर रून पनि पाइँदैन,’  देउवाले भने, ‘आज हेर्नुस् त वास्तवमा कम्युनिष्ट सरकारले एकदलीय शासन जस्तो गरिरहेको छ, जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरू आत्तिएँ भन्दै बसेका छन् ।’

उनले वर्तमान संविधान र व्यवस्था नै उपर्युक्त भएको बताएका छन् । संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने विषयमा सुझाए । शुन्य सहनशीलता भन्ने प्रधानमन्त्रीको सरकारले हत्या हिंसा बलात्कारका आरोपीहरु पक्राउ कारबाही नगर्नुले ओली सरकारका कुरा गफमै सिमित भएको स्पष्ट हुने देउवाको भनाइ छ ।

सभालाई नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्मा, नेपाली काँग्रेसकी नेतृ केन्द्रिय सदस्य डिना उपाध्यय, काँग्रेस मकवानपुरका सभापति इन्द्र बाँनिया लगायतले सम्बोधन गरेका थिए ।