मोटरसाईकल दुर्घटनामा एकजनाको, दुई घाईते

मोटरसाईकल दुर्घटनामा एकजनाको, दुई घाईते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरमा आईतबार भएको मोटरसाईकल दुर्घटनामा परी चालकको निधन भएको छ भने अर्का चालकसहित दुईजना घाईते भएका छन् । दिउँसो २ः२५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकल मदन भण्डारी लोकमार्गअन्तर्गत जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेमा अर्को मोटरसाईकलसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

                प्रदेश नं. १–०५–००१ प १८५० नं. को मोटरसाईकल विपरित दिसाबाट आउँदै गरेको अर्को मोटराईकलसँग एकापसमा ठोक्किन पुग्दा स ६ प ९१०१ नम्बरको मोटरसाईकल चालक भविन्द्र परियारको निधन भएको प्रहरीले जनाएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका च्यास्मीटार स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका परियारको उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ ५ः२५ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

                दुर्घटनामा अर्को मोटरसाईकल चालक खोटाङ बाराहपोखरी गाउँपालिका ४ का २९ वर्षीय दिवस राई र उनीसँगै सवार सोही ठाउँकी २५ वर्षीया साधना राई घाईते भएका छन् । दिवसको पनि बिपीमै उपचार भईरहेको छ भने साधनाको चौदण्डीगढी ६ बेलटारकै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । दुर्घटनामा परेका दुवै मोटरसाईकल इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएर अनुुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् ।