हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हातीको आक्रमणबाट सोमबार विहान सुनसरी कोशी गाउँपालिकाका एक युवाको मृत्यु भएको छ ।

                मकुनाको आक्रमणबाट कोशी गाउँपालिका– ६ का २७ वर्षे प्रमोद यादवको मृत्यु भएको हो । यादवलाई विहान ६ बजेतिर गहुँमा पानी लगाउँदै गर्दा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनले जनाएको छ । 

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हाती रहेकोमा सवैभन्दा बढी मानवीय क्षती मकुनाकै कारण हुने गरेको छ । हाती मकै, धान, उखु र आप लगायतमा लोभिएर  गाउँ प्रवेश गर्दा मानवीय क्षती हुने गरेको छ । कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हाती थिए । पछि तिनै हातीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए । अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए । मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हातीको मृत्यु भएपछि १६ मा झरेका हुन् ।

मकुना नाम गरेको दात नभएको हाती वस्तीमा प्रवेश गर्दा एक्लै पस्ने गरेको छ। हातीले बर्षेनी अन्नबालीसँगै मानवीय क्षती पु¥याउँदै आएको छ। वस्तीमा प्रवेश गरेपछि मानवीय क्षतीको खतरा हुने गरेको छ । कोशी टप्पु वन्य जन्तुका वार्डेन चन्द्रशेखर चौधरीले मकुनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा मन्त्रालयसँग समन्वय भइ रहेको बताए ।