सिद्धदेवी माविलाई कम्प्यूटर वितरण

सिद्धदेवी माविलाई कम्प्यूटर वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा दिनको लागि धनकुटाको सहिदभूमी गाउँपालिका– ७ साप्तिङटारस्थितको सिद्धदेवी माविलाई एक कार्यक्रम आयोजना गरी कम्प्यूटर वितरण गरिएको छ ।

 गाउँपालिकाको सर्शत अनुदान अन्तरगतको ६ लाख ५० हजार रुपैयाँमा खरीद गरेको डेक्सटप ६ वटा, ल्यापटप, डिस्प्ले वोर्ड, प्रिन्टर, प्रोजेक्टर लगायतका सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । 

विधालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष बमबहादुर राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, शिक्षा शाखा प्रमुख उमेश राई लगायत विद्यालयका शिक्षकहरुको उपस्थिती थियो ।