संघीय सांसद राईले गरे, तांखुवा र तेलियामा विद्यालय भवन उद्घाटन

संघीय सांसद राईले गरे, तांखुवा र तेलियामा विद्यालय भवन उद्घाटन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तांखुवा र तेलियामा २ वटा माध्यमिक विद्यालयको निर्माण कार्य पुरा भएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना समन्वय इकाई धनकुटाद्वारा निर्मित उक्त २ वटा भवनको धनकुटाका संघीय सांसद राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन् । छथर जोरपाटी गाउँपालिको सरस्वती माध्यमिक विद्यालय र तिलेश्वर माध्यमिक विद्यालयको भवनको सांसद राई उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रमुख अतिथी सांसद राईले सीपमुलक र रोजागरमुलक ब्यबसायिक शिक्षा नीतिबाट मात्रै देशको विकास हुने बताए । 

सरस्वती माध्यमिक विद्यालय भवनको ६७ लाख ६६ हजार ७८० रुपैया र  तिलेश्वर माध्यमिक विद्यालय भवनको ३६ लाख लागतमा निर्माण गरिएको हो ।

छथर जोरपाटी गाउँपालिका–३ का वडाध्यक्ष तथा सरस्वती माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यालयका पधानाध्यापक हरी काफ्लेले प्रगति बिवरण प्रस्तुत गरेका थिए । त्यस्तै वडा नं.४ का अध्यक्ष तथा तिलेश्वर माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर घिसिङ्गको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकन्द्र भण्डारीले विद्यालयको प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति टंक चौहान,सदस्य शिब आङ्ला लिम्बू,छथर जोपाटी पाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भीमकला श्रेष्ठ, शिक्षा बिकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राईको उपस्थिति रहेको थियो । राजनैतिक दलका तर्फबाट नेकपा छथरजोरपाटी पार्टी ईन्चार्ज बिष्णु पारघरी,अध्यक्ष ईन्द्र सारु मगर लगाएत बिभिन्न दल,वडा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।