बाघेद्वारा प्रहरी समक्ष आत्मसमपर्ण

बाघेद्वारा प्रहरी समक्ष आत्मसमपर्ण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । हातहतियार मुद्धाका आरोपी बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का बाघे भनिने धनबहादुर गुरुङले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

२०७२ जेठ २२ गते प्रहरीले ७६०० नम्बरको चार राउण्ड गोली भएको अटोमेटिक पेस्तोल एक थान, तीन राउण्ड गोली भएको कटुवा पेस्तोल एक थान, थ्रिनटथ्री को तीन राउण्ड गोली गुरुङको साथबाट प्रहरीले बरामद गरेको थियो ।  जेठ २४ गते उनी बिरुद्ध हातहतियार खरखजना शिर्षकमा मुद्धा दायर भएको थियो । २०७३ मंसिर २० गते जिल्ला प्रशासन कार्यालयले ९ महिना कैद र ८० हजार जरिवाना तोकेका थियो । त्यसयता फरार रहेका गुरुङले सोमवार साँझ आत्मसमर्पण गरेपछि पिसिआर जाँच गरेर कारागार चालन गर्ने तयारी भएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए । ‘पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कारागार चलान गर्नेछौँ’ उनले भने ‘अहिले हिरासतमा राखेका छौँ ।’

गुरुङ हातहतियार सहित बारपाकमा लुकिछिपी बस्ने गरेको सुचना पाएपछि पक्राउ गर्न गएको प्रहरीलाई स्थानीय अवरोध गर्दा उनी भागेका थिए । प्रहरीले हतियार नियन्त्रणमा लिएको थियो । मानिस नियन्त्रणमा लिने क्रममा तत्कालिन समयमा प्रहरी नै कुटिएका थिए भने गाडी तोडफोड भएको थियो ।