रेलमार्ग विस्तार गर्न जग्गा अधिग्रहण, चल्नचल्तीको मुआब्जा दिनु पर्ने खनारबासीको माग

रेलमार्ग विस्तार गर्न जग्गा अधिग्रहण, चल्नचल्तीको मुआब्जा दिनु पर्ने खनारबासीको माग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । रेलमार्ग अन्तर्गत काकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटरका लागि मुआब्जा प्रक्रिया अघि बढाउन समन्वयको अभाव देखिएको छ।

रेलमार्ग निर्माणको लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका सात सय ६४ बिघा जमिन अधिग्रहण भइसकेको छ । यो अधिग्रहण गरिएको जग्गा धनीलाई मुुआब्जा वितरणको प्रक्रिया सुरु गर्नको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वयको अभाव भएको हो ।

                मालपोत, स्थानीय चल्नचल्ती र वडा कार्यालयको मूल्यांकन ल्याउनका लागि रेल विभागका कर्मचारीलाई भनिएपनि अहिलेसम्म ती कागजात समेत नल्याएको मुआब्जा वितरण समितिका संयोजक सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले बताए ।

रेल विस्तार हुँदा सुनसरी, मोरङ र झापाका ५८ वटा वडालाई छुन्छ । यी वडामा रेल विभागले सुरुवातमा मालपोत, स्थानीय चल्नचल्ती अनुसार वाणिज्य वा नेपाल बैकको र वडा कार्यालयको मूल्यांकन ल्याएपछि स्थानीयसँग छलफल चलाएर अघि बढ्ने योजना बनाइएको छ ।

रेल मार्ग विस्तार गर्दा इटहरी उपमहानगरपालिका–  १३ का झन्डै ३० घरको भने उठीबास लाग्ने भनेर चल्नचल्तीको मुआब्जा दिनुपर्ने माग गदै आएका छन् । स्थानीय प्रकाश घिमिरेले सरकारी मूल्यांकन न्यून हुने र भित्री क्षेत्रबाट इटहरीको खनार बजार क्षेत्रमा पर्ने घरको धेरै नै अन्तर हुँदा चल्नचल्तीको हुनुपर्ने बताए । इटहरी उपमहानपालिकामा वपडा नं. ७, ८, १०, १२, १३, १४, १५ र १६ वडामा रेलमार्ग बिस्तार हुनेछ । जसमा सवैभन्दा बढी इटहरीको खनारबासीलाई असर गर्ने देखिएको सहायक प्रजिअ पोखरेलले बताए ।