सहिदभुमीका २७ जना महिला स्वयंमसेविकालाई सम्मान

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी सामुदायिक स्वास्थ्य सुधारका लागि लामो समयदेखि सक्रिय भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ ।
१७ औं अन्तराष्ट्रिय महिला स्वयंमसेविका दिवसको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा मातृ तथा शिशु मृत्युदर घटाउने, भिटामिन ए, पोलियो थोपा खुवाउने, हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लगायतका सामुदायिक स्वास्थ्य सुधारका कार्यक्रममा सक्रियपूर्वक आफ्नो भुमिका निर्वाह गरेका महिला स्वयंमसेविकालाई सम्मान गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । कार्यक्रममा उपाध्यक्ष रत्नेश्वरी राई, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, स्वास्थ्य शाखा सहप्रमुख तुलसादेवी भट्टराई लगायतले स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस्