गृह जिल्लाबाट अर्थमन्त्री पौडेलको उद्घोष–नेकपा विवादले सरकार ढल्दैन

बुटवल । नेकपा महासचिव समेत रहेका अर्थमन्त्री बिष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास कार्यक्रममा बोल्दै अर्थ मन्त्री पौडेलले नेकपामा देखिएको विवादले सरकारको निरन्तरतामा कुनै असर नपर्ने बताए । मुलुकलाई अस्थिरतातिर धकेल्ने कोसिस भएको बताउँदै त्यस्तो सपना पूरा नहुने समेत बताए । नेकपाको विवाद समाधान हुने र पार्टी एकता कायम रहने बताए । ‘अन्तर विरोध छ, एकतामा असर गर्दैन’ उनले भने ।
अर्थमन्त्री पौडेल मंगलबार दिनभर गृहजिल्ला रुपन्देहीमा ब्यस्त रहे । अघिल्लो दिन रुपन्देही ओर्लिएका अर्थमन्त्री विहानदेखि अपरान्हसम्म सडक अनुगमन, आन्तरीक राजस्वको निरीक्षण, विद्यालय भवनको शिलान्यसदेखि पार्क निरीक्षणसम्म भ्याए । रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित भएका पौडेलले विकास निर्माणका बजेट अभाव हुन नदिने प्रतिबद्धा जनाए ।
अर्थमन्त्री पौडेल मंगलबार नै सैनामैनामा शुरु भएको ५४ किलो मिटर चव्रmपथ आयोजनाको निरीक्षण गरेका छन । सैनामैना नगरपालिकाकोे वडा नं १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिब २० किलोमिटर उत्तरतर्फ र दक्षिणतर्फ ७ किलोमिटर चक्रपथको अर्थमन्त्रीले निरीक्षण गरेका हुन ।
सैनामैना चक्रपथ नगरको शहरीकरणका निम्ती र आम नागरिकहरुलाई यातायात सुविधा पु¥याउन लागि कोसेढुङ्गा सावित भएको छ । ५७ करोड १२ लाख लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । वि.स २०७४ जेठ १७ गते चक्रपथ सडकको ठेक्का सम्झौता भएको उक्त आयोजना वि.स २०७८ मङ्सिर ७ गतेसम्म पुरा हुने लक्ष्य लिइएको छ । अर्थमन्त्रीले मंगलबार नै बुटवल ११ स्थित कालिकापथको स्थलगत अवलोकन गरे । यसैगरि आन्तरीक राजस्व कार्यालय बुटवलको निरीक्षण, तिलोत्तमास्थित मानवसेवा आश्रम भवनको शिलान्यास, कुञ्जपार्कको निरीक्षण एंव आन्तरीक राजस्व कार्यालयको अनुगमन गरेका हुन ।

प्रतिकृया दिनुहोस्