कांग्रेसको नयाँ नेतृत्वको लागि तदर्थ समिति बनाउनु पर्छः नेता केसी

कांग्रेसको नयाँ नेतृत्वको लागि तदर्थ समिति बनाउनु पर्छः नेता केसी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले केही समयका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । प्रेस यूनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अहिले लोकतन्त्रको रक्षाका लागि आन्दोलित हुनुपर्ने भएकाले केहि समयका लागि तदर्थ समिति बनाएर जानुपर्ने बताएका हुन् । उनले यो प्रस्ताव आफूले पार्टीको केन्द्रीय समिति बैठकमा राख्ने जानकारी दिए । यस्तो तदर्थ समिति एक डेढ वर्षका लागि बनाउने र त्यसपछि महाधिवेशन गर्नु उपयुक्त हुने उनले बताए ।

विषम परिस्थिति भएकाले नेतृत्वका लागि आपसमा खिचातानी गरेर अल्झिने, नया कृयाशिल सदस्यता वितरणमा लफडा गरेर बस्नुभन्दा अघिल्लो महाधिवेशनकै सदस्यतालाई आधार मानेर तदर्थ समिति बनाउनुपर्ने उनको भनाई छ ।

नेता केसीले आगामी महाधिवेशनमा पदीय लडाईंमा आफू सहभागी नहुने संकेत गरे । स्वार्थरहित संकल्पले एउटा लक्ष्यमा केन्द्रीत हुनुपर्ने कांग्रेसको आवश्यक्ता रहेको उनले बताए । 

नेता केसीले कांग्रेस आफैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बिरुद्धमा जान नसक्ने बताए ।