सुकुम्बासीको नाममा कित्ताकाँट गरिएको जग्गाको नक्सा नै गायब

सुकुम्बासीको नाममा कित्ताकाँट गरिएको जग्गाको नक्सा नै गायब
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका सुकुम्बासीहरुको नाममा बितरण गरिएको जग्गाको नक्सा नै गायब गरिएको खुल्न आएको छ ।

२०६७ सालमा सुकुम्बासी आयोगलले पथलैयाका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पत्र बनाएर बितरण गरिएको जग्गाको नक्सा नै गायब गरिएको सुकुम्बासीहरुले आरोप लगाएका छन् ।

सुकुम्बासी आयोगबाट बितरण गरिएको जग्गाको त्यस बेला चलन चल्तीमा ल्याउन नसकिएको र अहिले त्यसलाई चलनचल्तीमा ल्याउनको लागि कागजी प्रक्रिया पुर्याउन खोज्दा नाक्सा फेला नपरेको  आरोप जितपुरसिमरा उपमहानगरपालिका– १ का वडा अध्यक्ष हिराबहादुर गुरुङले  लगाएका छन् ।

सरकारी कार्यालयमा सुरक्षित हुनुपर्ने नक्सा फेला नपर्नुमा सुकुम्बासीहरु माथि फेरी जालझेल गर्न खोजिएको उनले बताए ।

 मातपोत कार्यालयमा लगत समेत कामय गरिएको देखिए पनि नापी कार्यालय सिमरामा नाक्सा नै नभेटीदा चार सय ५० भन्दा बढि घर परिवार समस्यामा परेको गुरुङले बताए ।

सुकुम्बासी आयोगबाट पथलैयाका लगभग ७ बिघा सार्वजनिक जग्गालाई ४५० वटा कित्ता गरि त्यसको लालपुर्जा समेत बनाएर जग्गा बितरण गरिएको र त्यसको नाक्सा त्यस बेला नापी कार्यालय कलैया छोडिएको  गुरुङले बताए ।

कलैयाबाट नापी कार्यालय सिमरामा सरेर आए पछि बितरण गरिएको जग्गाको नक्सा खोज्दै जादा नक्सा नापी कार्यालय सिमरामा नभेटिए पछि पथलैयावासी बाध्य भएर आन्दोलिन बनेको अध्यक्ष गुरुङले बताए ।