धनकुटामा अस्पतालमा पीसिआर टेष्ट सूरु

धनकुटामा अस्पतालमा पीसिआर टेष्ट सूरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । जिल्ला अस्पताल धनकुटामा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन स्थापना गरिएको छ । पिसिआर मेसिन मोलेकुलर ल्यावको संघिय संसाद राजेन्द्रकुमार राईले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

ल्यावको उद्घाटन गर्दै संघिय सांसद राईले निक्कै लामो संघर्ष पछि धनकुटामा कोरोना परिक्षणको लागी पिसिआर मेसिन राख्न सफल भएको वताए । उनले सरकारले भदौं महिनामै वजेट विनियोजन गरेपनि काम गर्दै जाँदा समय लागेको वताए । एक करोड लगानीमा धकुटामा कोरोना परिक्षण गर्ने ल्याव राख्न सफल भएको र यो सफलतामा सवैको साथ रहेको भन्दै सहयोग गर्ने सवै निकायलाई धन्यवाद दिए ।

सो अवसरमा उनले पिसिआर मेसिन राखेसंगै जिल्ला अस्पताललाई अपग्रेड गर्न सहयोग पुगेको दावी गरे । कार्यक्रममा ८५ लाखमा पिसिआर मेसिन खरिद गरिएको र ल्याव हल व्यावस्थापनको लागि १५ लाख गरी १ करोड वजेट खर्च भएको जिल्ला अस्पताल धनकुटाका निमित्त सुपरीटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए । पिसिहमर मेसिन जडान भएसँगै निःशुल्क पिसिआर परिक्षण सुरुवात भएको छ । यो मेसिनबाट दैनिक तीन सयको पिसिआर जाँच गर्न सकिने डा. विश्वकर्माले बताए । धनकुटा अस्पतालमा १० वटा भेण्टीलेटर स्थापनाको लागि २ करोड रुपयाँ विनियोजन भै कार्य अघि वढिरहेको बताइएको छ ।

धनकुटा अस्पताल विकास समितिका अध्यक्ष टंक चौहानको अध्यक्षतामा सम्पन्न पिसिआर मेसिन उद्घाटन समारोहमा प्रदेश सांसदहरु इन्द्रमणी पराजुली, निरन राई, लिला सुव्वा, रामचन्द्र तुम्वा, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमली, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानवहादुर वस्नेत लगायतको सहभागिता थियो ।