लागु औषधसहित ७ जना पक्राउ

लागु औषधसहित ७ जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । लागु औषध गाँजा र खैरो हिरोइनसहित ७ जना पक्राउ परेका छन् । विराटनगरका विभिन्न स्थानबाट उनिहरूलाई पक्राउ गरिएको हो ।

विराटनगर स्थित दिल्ली पव्लीक स्कुल नजिकबाट गाँजा बेच्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा  विराटनगर–५ विशाल चोकका रुपेश साह, सुमित साह,विनेश खवास र सागर राय छन् । पक्राउ परेका व्यक्तिहरूको साथबाट ४ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै विराटनगर स्थित शनिमन्दिरबाट विराटनगर–१७ मटेरुवाका लद्दिफुल मिया पक्राउ परेका छन् । उनको साथबाट १३ ग्राम खैरो हिरोइन बरामद भएको छ । यस्तै विराटनगर–१६ दरैयाबाट भारत अररियाका सुरेशकुमार राय र मो आशिक मिया पक्राउ परेका छन् । उनिहरूको साथबाट ५ ग्राम खैरो हिरोइिन बरामद भएको छ । पक्राउ परेकाहरूका विषयमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए ।