बाल बिबाह गर्ने जाेडी र अभिभावक पक्राउ

उदयपुर । बाल बिबाह गराएको आरोपमा उदयपुरका बेहुला बेहुलीसहित दुई अभिभावक पक्राउ परेका छन् । उमेर नपुगी बिहे गर्ने बेहुलाबेहुली तथा उनीहरुका अभिभावकलाई प्रहरीले बुधबार दिउसो नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ भुल्केका बेहुला २३ वर्षीय अश्विन कोईराला र ताप्ली गाउँपालिका ५ आदमाराकी बेहुली १७ र्षीया गोमा खड्का रहेका छन् । उनीहरुसँगै बेहुलाका बाबु पुष्प कोईराला तथा बेहुलीका आमा राधा खड्कालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अभिभावकलाई आफ्ना छोराछोरीको उमेर नपुगी बिबाह गरिदिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले गाउँमा छरछिमेकीलाई जानकारीसमेत नदिइ मंसिर १९ गते टीकाटालो गरी कटारी बजारमा लुगाफाटो किनेर बिबाह गरिदिएको भन्दै लिखित उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले लगाएको छ ।
बाल बिबाह गरेको लिखित जाहेरी प्राप्त हुनासाथ टोली पठाएर बेहुला बेहुली र दुवै अभिभावक पुष्प र राधा चारैजनालाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याइएको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

प्रतिकृया दिनुहोस्