ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी। ट्याक्टर दुर्घटना हुँदा बैतडीमा चालकको घटनास्थलमै मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर बिष्टको मृत्यु भएको हो ।

सुपप्र०१००२ त ४९५७ नम्बरको ट्याक्टर दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा बिहीबार बिहान पौने ९ बजे दुर्घटना भएको हो । उक्त ट्याक्टरमा रहेका अन्य ४ जना पनि सवार रहेका भए पनि उनी सकुसल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।