सिन्धु ‘ब्राण्ड’ मा सिन्धुपाल्चोकको कफी बिदेशमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा उत्पादित पं्रागरिक (अर्गानिक) कफी अब सिन्धु ‘ब्राण्ड’ नाममा विदेश निर्यात हुने भएको छ । यसअघि सुनकोसी ब्राण्ड नाममा कफी बिदेश निर्यात हुँदै आएको थियो ।
सिन्धुपाल्चोककै पहिचान दिन सिन्धु अर्गानिक कफी ब्राण्ड नाम दिइएको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् । ‘जिल्लाभर कफी खेती बिस्तार भएको छ । त्यसैले ब्राण्ड नाममा सिन्धुपाल्चोकको पहिचान दिएको छ । संघले बिहीबार स्थानीय तहका जनप्रतिनिधि माझ प्याकेजिङसहितको नयाँ ब्राण्ड नाम सार्वजनिक गरेको थियो । योसँगै नयाँ ब्राण्ड प्याकेजिङमा संघको लोगोसमेत उल्लेख भएर कफी बजारमा जाने अध्यक्ष थापाले जानकारी दिइन् ।
जिल्लामा उत्पादित कफीले बिगत आठ वर्षयता विदेशी बजार लिँदै आएको छ । दक्षिण कोरिया सिन्धु कफीको सबैभन्दा ठूलो बजार हो । त्यहाँ आठ वर्षदेखि यहाँको कफी निर्यात भइरहेको छ । विदेशमा बजार फैलाउँदै सिन्धु कफी तीन वर्षदेखि अष्ट्र«ेलिया र दुई वर्षदेखि जापान निर्यात भइरहेको संघले जनाएको छ । संघका अनुसार गत वर्ष कोरियामा चार, अष्ट्र«लियामा तीन र जापानमा दुई टन ग्रेडिङ गरिएको ग्रिनविन कफी निर्यात भएको थियो ।
पछिल्लो समय वार्षिक १० टनसम्म सिन्धु कफी विदेशी बजारमा पुग्दै आएको छ,’ अध्यक्ष थापाले भनिन् । जिल्लानमा वार्षिक औसतमा २५ टन कफी उत्पादन हुँदै आएको छ । गत वर्ष झण्डै २६ टन कफी उत्पादन भएको संघको तथ्यांक छ । जिल्लाका किसानले २०५९÷६० बाट कफी खेती सुरु गरेका थिए । संघका अनुसार जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा व्यवसायिक कफीखेती हुँदै आएको छ । २ हजार १ सय ५० किसानपरिवार कफीखेतिमा आवद्ध रहेको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्